आवश्यक ठाउँमा लागनी गरे गरिवको जीवन सुधार हुन्छ


 गाउँस्तरका गरिव परिवारहरुको अवस्था सुधारका लागि भनेर बनाउने बजेटहरु पहुँचवालाहरुकै आफन्त र नातेदारहरु सँग पुग्ने र गरिवको हातमा नपुग्ने समस्या दैलेखका अधिकाँस गविसहरुमा अहिलेपनि कायमै छ ।
कागजमा देखिएका गरिवहरुको सुधारका कुराहरुको मात्र विश्लेषण गर्ने हो बिभिन्न वाल अधिकार देखि, पैरवीका कागजी प्रगतीहरु मात्र हेर्ने हो भने पनि दैलेख कागजी प्रगतीमा धेरै अगाडी बढिसकेको देखिन्छ । गाउँमा पीडित परिवार, गरिव परिवारहरुको भने अँझै छाक टार्न मुस्किल परेका धेरै उदाहरणहरु कायमै रहेका छन् ।
चुनावको बेला भोट माग्न आउने नेताहरु र कुनै बिशेष अनुगमन भएका बेलामा टाढैबाट त्यो वस्ति हो भनेर देखाउने गैर सरकारी निकायहरु मध्यैबाट गरिएका न्यून कामहरुले भने केही सफलताहरु प्राप्त गर्न सफल भएको देखिन्छ अँझै ब्यापक रुपमा बास्तवीक गरिव समुदाय, दलित समुदाय, पछाडीपारिएको समुदाय सम्म बजेटहरु पुग्न सकेका छैनन् ।
आवश्यकता भएका स्थानहरुमा लगानी गर्न सकेको खण्डमा एकदमै सानो लगानीले पनि गरिव परिवारका किसानहरुले आफ्नो जीवनस्तरमा सुधार गर्न सक्दा रहेछन् भन्ने कतिपय कामहरुले गतिलो उदाहरणको रुप धारण गर्न सफल भएका छन् । सवै क्षेत्रको लागनी त्यस्ता स्थानहरुमा हुन सकेको भए । दुर्गम र पहाडी जिल्लाका गाउँ गाउँमा परिवर्तनका किरणहरु देखिन सक्ने थिए ।
अहिलेसम्म गरिएका लगानीहरुको सार्थकताको बहस चलाउनुपर्ने दैलेखमा आवश्यकता देखिएको भएपनि कपितय न्यून लगानीहरुले समेत कुनै व्यक्ति, परिवार वा समाजको परिवर्तनमा निकै धेरै महत्व राख्दो रहेछ भनेर देखिएका उदाहरणिय कामहरु जस्तो आगामी दिनहरुमा जिल्लाका बिभिन्न जिम्मेवार निकायहरुले समेत यसवारे चासो व्यक्त गर्दै बास्तविक रुपमा लगानी गर्न सकिने क्षेत्रहरुको खोजी गर्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार